२०८१ माघ ४ गते शुक्रवार

घोराहीमा भोली देखि पहिलो र पहिलो डोजको कोरोना खोप लगाईने



१४ पुस, घोराही –
घोराही उपमहानगरपालिकाले १८ बर्ष माथी उमेर समुुुहका नागरिकहरुलाई भोली देखि दोस्रो र पहिलो डोजको कोरोना बिरुद्धको खोप लगाउने भएको छ । नगर स्तरीय स्वास्थ्य समितिको आज बसेको बैठकले यस अघि खोप लगाएका १८ बर्ष माथीकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो खोप लगाउने निर्णय गरेको हो ।

१९ वटै वडामा रहेको स्वास्थ्य संस्थाहरुमा खोप लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुुभयो । जस्का लागि ३८ हजार ५ सय ९ डोज खोप स्वास्थ्य कार्यालयबाट प्राप्त भएको उहाँको भनाई छ ।

साथै वडा तथा स्वास्थ्य संस्थाहरुले भुुगोल अनुसार पायक पर्ने ठाउँहरुमा समेत खोप केन्द्र तयार पारेका छन् । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने सहित वडा अध्यक्षहरुको उपस्थितीमा बसेको बैठकले खोप कार्यक्रमलाई प्रभावकारी बनाउने बिषयमा समेत छलफल गरेको छ ।

यसैबिच घोराही उपमहानगरपालिकामा अहिले सम्म एक लाख १० हजार ८ सय १५ जनाले पहिलो डोज र ५० हजार ४ सय ९१ जनाले दुुबै डोज खोप लगाएको जनाएको छ ।।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्