२०८१ माघ १२ गते शनिवार

चित्तलको मासुसहित ३ जना पक्राउ



१४ पुस,बर्दिया-

राष्ट्रिय निकुञ्ज तथा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्तीले चित्तलको शिकारगरि मासु टुक्राउँदै गरेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिएको छ । निकुञ्ज भित्रको बलाँती कोर क्षेत्रमा चित्तलको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

संयुक्त गस्ती टोलीले घटना स्थलबाट ठाकुरबाबा नगरपालिका-२ निवासी ४६ वर्षिय बल्लुराम थारु, ३९ वर्षिय लालबहादुर चौधरी र ३७ वर्षिय राजाराम थारुलाई चित्तलको मासु टुक्राउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

मासुसहित नियन्त्रणमा परेका उनीहरुलाई थप अनुसन्धानका लागि आवश्यक प्रकृया अघि बढाएका छौं । निकुञ्जको हिरासतमा राखी तीनै जना उपर छानविन गर्दैछौं । चित्तलको शिकार गर्नेलाई ५० हजार रुपैया जरिवाना, १ बर्ष कैद वा दुवै सजायको ब्यवस्था बन्यजन्तु संरक्षण ऐनमा रहेको प्रमुख श्रेष्ठको भनाई छ ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्