१४ पुस,घोराही ।
लुम्विनी प्रदेश सरकारले कोरोना भाइरसको कारण पर्यटन क्षेत्रमा परेको असरलाई अध्ययन गर्न पुनरुत्थानको कार्यक्रम सुरु गरेको छ । नेपाल पर्यटन बोर्ड प्रर्बद्धक रहि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आन्तरीक पर्यटन पुनरुत्थान समिति गठन गरेको हो ।
प्रदेशका पर्यटकिय क्षेत्रहरुको पहिचान, दिगो एवं योजनाबद्ध विकासका लागि प्रदेशभरका जिल्लाका विभिन्न सरोकारवालाहरु सँग छलफल सुरु गरिएको समितिका सदस्य सुन्दर गौतमले जानकारी दिनुभएको छ ।
यसैक्रममा समितिले आज घोराहीमा विभिन्न सरोकारवालाहरु सँग परिचयात्मक कार्यक्रम गरि उदेश्य र योजनाका बारेमा जानकारी दिएको छ । भ्रमण वर्ष २०२० कोरोना कारण स्थागित गर्नुपरेपछि सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानको कार्यक्रम सुरु गरेको उहाँको भनाई छ ।
समितिका संयोजक कृष्णसागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुले पर्यटकीय क्षेत्रको विकासमा चाल्नु पर्ने कदमका विषयका छलफल गरेका छन् । सडक, सुरक्षा, यातायात, पानी, बिजुली, होटल लगाएतका क्षेत्रलाई बलियो बनाउदै भएका पर्यटकिय क्षेत्रमा सरकार र निजी क्षेत्रले लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, सरकारका पूर्व सचिब रमेश अधिकारी, पत्रकार केवि मसाल, सस्कृतीका जानकार डा. शिबकुमार सुबेदी, डा. गोविन्द आचार्य, दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्ब उपाध्यक्ष ओविन्द्र महरा, होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी लगाएतकाले प्रदेशलाई पर्यटकिय गन्तव्यको सञ्जाल मार्फत जोडी सर्वसाधारणको जीविकोपार्जन, रोजगारी, अवसर, उत्पादन सँगै आर्थिक वृद्धिदरमा गुरुयोजना आवश्यक रहेको बताउनुभयो ।।