२०८१ चैत्र ११ गते सोमवार

प्रचण्ड–नेपाल समुहद्धारा दाङ सहित देशभर बिरोध प्रदर्शन



१४ पुस,घोराही ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले आज दाङ सहित देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।

सरकारी कदमलाई असंवैधानिक भन्दै प्रचण्ड–नेपाल समूह सडकमा उत्रेको हो । यो समूहले आज दाङ सहित देशभरका मुख्य शहरमा प्रदर्शन र सभा गरेको छ ।

प्रदर्शनमा सहभागीले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नारावाजी गरेका छन् । उनिहरुले प्रतिनिधीसभा विघटनको असंबैधानिक कदम विरुद्ध संघर्ष गरौ, प्रतिगामी षडयन्त्र असफल पारौ, राष्ट्रिय सार्वभौमिकता, स्वाधिनता र हितको रक्षा गरौ, भारतिय सेना लिम्पीयाधुरा कालापानी छोड, पार्टी एकता जिन्दाबाद जस्ता नारा लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङको नाम दिएर आयोजनामा गरिएको बिरोधसभामा दाहाल नेपाल समूहका नेता कार्यकर्ताहरु सहभागि भएका थिए । घोराही चोकबाट सुरुभएको विरोध प्रदर्शनको ¥यालीले बजारको परिक्रमा गर्दै पुनः चोकमै पुगेर सभा गरेको छ । असंवैधानिक संसद विघटनका विरुद्ध संघर्ष गरौ, ओली प्रतिगमनको भण्डाफोर गरौ भन्ने मुल नाराका साथ आज घोराहीमा विरोध सभा गरिएको हो ।

नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको विरोधसभामा बोल्दै सभाका प्रमुख अतिथी नेकपाको स्थायी समिति सदस्य युवराज ज्ञवलीले प्रधानमन्त्री ओलीको कदमले राष्ट्रिय संकट निम्ताएको भन्दै यस्को विरुद्धमा सबै एकजुट भएर लागेर संसद पुनस्थापना गरेरै छोड्नु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रलाई सम्बोधन गर्दै नेकपाका नेता हिरा चन्द्र केसी,मेटमनी चौधरी,चन्द्रराज पन्त,दामा शर्मा,निर्मल आचार्य लगाएतका नेताहरु बोल्नुुभएको थियो । नेकपाको दाङ जिल्ला सदस्य चुुडामणी बेलबासेको स्वागत मन्तब्यबाट सुुरुभएको कार्यक्रमको सहजीकरण जिल्ला सचिब सुुवास पुुनले गर्नुुभएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्