२०८१ माघ १२ गते शनिवार

दाङमा कोरोना कालमा पनि उद्योगमा लगानी बढ्यो



१३ मंसिर, घोराही – दाङमा कोरोना महामारीका विचमा पनि घरेलुु तथा साना उद्योगमा लगानी उल्लेख्य बढेको छ । चालु आर्थिक बर्षको चार महिनामा घरेलु तथा साना उद्योगमा एक अर्ब ९४ करोड ८९ लाख एक हजार रुपैयाँ पुुँजी लगानी भएको छ ।

गतबर्षको सोही चार महिनामा एक अर्ब १३ करोड ९९ लाख ६० हजार रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ । अघिल्लो आर्थिक बर्षको चार महिनामा ११ सय ९४ वटा उद्योगहरु स्थापना हुदा एक अर्ब १३ करोड ९९ लाख ६० हजार रुपैयाँ लगानी भएको हो ।

चालु आर्थिक बर्षको चार महिनामा एक हजार २५ वटा उद्योग र बाणिज्य तर्फ ९ सय ७७ वटा बाणिज्य प्रशासन तर्फ व्यवसाय दर्ता भएका छन् । ति उद्योगमा ३५ सय ९१ जनाले रोजगारी पाएका छन् भने एक हजार ८४ जना उद्यमी बनेका छन् ।

कोरोना महामारीले ठूला उद्योग र अर्थतन्त्रमा असर पारिरहेका बेला उत्पादन, कृषि तथा वन र सेवा मुलक क्षेत्रमा लगानीकर्ताहरु आर्कषित भएको कार्यालयका प्रमुख उमबहादुर वलीले जानकारी दिनुुभएको छ ।

जस अनुसार उत्पादनमूलकमा ९२ वटा, सेवामूलकमा १ सय १४ वटा, कृषि तथा वनमा ७ सय २० वटा र पर्यटन तर्फ ९९ वटा उद्योग खुलेका छन् ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्