१३ मंसिर,घोराही – एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने दुई नेता पदाधिकारीमा दावेदार भएपछि अटाउन सकेनन् । ओलीले सोमबार बिहान साढे ३ बजे छानेका १९ पदाधिकारीमा गोकुल बाँस्कोटा र महेश बस्नेत पदाधिकारीमा नअटाएका हुन् । उनीहरु दुबै सचिवका दावेदार थिए भने चुनाव चुनावी लबिङमा समेत उत्रिसकेका थिए ।
पूर्वमाओवादीका नेताहरुको व्यवस्थापन गर्नुपर्ने भएपछि उनीहरु पदाधिकारीमा अटाउन नसकेका हुन् । पूर्वमओवादी समूहले भने तीन पदाधिकारी पाएका छन् । रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष रहेका छन् भने टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिव रहेका छन् ।।
प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार