२०८२ बैशाख १२ गते बिहिवार

घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७ /०७८ को पहिलो चौमासिकको सार्वजनिक सुनाइ

कार्यक्रम सम्पन्न


१४ मंसिर । घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७७ ÷०७८को पहिलो चौमासिकको सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न गरेको छ । घोराही उप महानगपालिकाको आयोजना तथा ग्रामिण महिला उत्थान केन्द्र घोराहीको सहजिकरणमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहभागिहरुले उप महानगरपालिकाले सबै नागरिकलाइ समान व्यवहार गरेर काम अगाडि वढाउनु पर्ने, सेवालाइ चुस्त दुस्त वनाउनु पर्ने , विकास निमार्णका कार्य लाई समान रुपमा सबै क्षेत्रमा पु¥याउनु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका उप प्रमुख सिता सिग्देश न्यौपानेले नागरिकवाट प्राप्त हुने सुझाव अनुसार आफुहरु अगाडि वढने बताइन । ‘नागरिकहरुले दिएका सुझावले हामीलाई अगाडि वढन सहयोग पुग्दछ’ उप प्रमुख न्यौपानेले भनिन् । काम गर्दा केही कमजोरी हुन सक्ने भन्दै सुझाव दिन समेत उनले आग्रह गरिन । नगरपालिका बाट प्रदान गरिने सेवालाई सहज र छिटो प्रदान गर्ने आफुहरु लागि परेको उनको भनाइ रहेको छ । उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम के सीले नागरिकलाइ सन्तुष्ट हुने गरि सेवा प्रदान गरिनु पर्ने बताए । नागरिकलाई सेवा दिनका लागि काम गर्ने कर्मचारीहरुले नागरिकलाई सन्तुष्ट वनाउनु पर्ने उनको भनाइ रहेको छ । ‘नागरिक रकर्मचारी प्रत्यक्ष जोडीनु पर्दछ’ प्रमुख केसीले भने । नगरपालिकाले नागरिकको गुनासो सुन्नका लागि टोल फि, गुनासो सुन्ने अधिकारीको व्यवस्था गरेको बताए ।

कुनै गुनासो भए कार्यालय प्रमुखलाई राख्न समेत उनले आग्रह गरे । ‘हामी नागरिकको गुनासो सुन्न सधै तयार छौ’ प्रमुख केसीले भने । कार्यक्रममा नगरवासीहरु भुवन चौधरी, प्रकाश चन्द्र घिमिरे लगाएतकाले भनाइ राखेका थिए । त्यस अवसरमा नागरिक प्रतिवेदन ग्रामिण महिला उत्थान केन्द्रका रजनी श्रेष्ठले प्रस्तुत गरेकी थिइन । कार्यक्रममा उप महानगपालिकाले चार महिनाको अवधीमा गरेका कार्य वारे सुचना अधिकारी भिमवहादुर चौधरीले जानकारी गराएका थिए । घोराही उप महानगरपालिकाका सिनीय इन्जीनियर युवराज पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण नविन चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्