१३ कार्तिक, घोराही – हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार एवं छठ पर्व तथा नेपाल सम्बद ११४४ को अवसरमा नेकपा (माओबादी केन्द्र) घोराही नगरकमिटीले शुभकामना आदान-प्रदान कार्यक्रमको सम्पन्न गरेको छ । कमिटीका अध्यक्ष खिम बहादुर चौधरी (अटल) को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका केन्द्रय सदस्य तथा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा (अपार_ले माओबादी केन्द्र सबै पर्व र धर्मको सम्मान गर्ने पार्टी भएको बताउँदै सबै समुदायका संस्कृति र पर्वहरुले सामाजीक महत्वलाई बोकेको बताउनु भयो ।
उहाँले व्यवस्था परिवर्तनको नेतृत्व गरेको माओवादीले अब जनताको अवस्था परिवर्तनको नेतृत्व पनि गर्ने गरी अघि बढेको बताउनु भयो । व्यवस्था परिवर्तनको मुलधार माओवादी भएको भन्दै उहाँले भन्नु भयो–‘माओवादी मुलधारको पार्टी भएकाले समाजका सबै हिस्साको नेतृत्व माओवादीले मात्र सक्छ’।
कार्यक्रममा शुभकामना व्यक्त गदैं विशिष्ट अतिथि माओवादी केन्द्रका सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले नेपाली समाजको विकास गर्नमा माओवादीको ठुलो योगदान रहेको भन्दैं दलाल, नोकरशाही पूँजीवादसँग क्रान्तिकारीहरुको लडाई शुरु भएकाले माओवादी एक ढिक्का हुनुको विकल्प नभएके बताउनु भयो । वर्तमान सरकार विदेशी र भष्टचारीको चलखेललाई मलजल गर्ने काम गरिरहेको भन्दै जिल्ला इन्चार्ज आचार्यले यहि अवस्थामा २०८४ को चुनाव हुन सक्ने सम्भावना नदेखिएको बताउनु भयो ।
शुभकामना आदानप्रदान कार्यक्रममा माओवादीका केन्द्रिय सदस्य हेमराज शर्मा, डायमण्ड, दामा शर्मा, भिम कुमारी बाँठा, प्रदेशका उपाध्यक्ष लुमाकान्त न्यौपाने, सागर, जिल्ला सह–इन्चार्ज राम बहादुर दहित, अन्जान, तुल्सी डाँगी, मिलन, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष अजयदीप शर्माले वर्तमान राजनीति स्थिति र पार्टीलाई समाजसँग कसरी जोड्ने भन्ने विषयलाई जोडदिनु भएको थियो ।
कार्यकर्ता पंतिmको बाक्लो उपस्थिति रहेको शुभकामना आदानप्रदान कार्यक्रममा जनवर्गीय संगठनका जिल्ला र केन्द्रस्तरका नेताहरु शिक्षक मोर्चाबाट गणेश रिजाल, मंगर मोर्चाबाट दयाजी रोका, जनसांस्कृतिक मोर्चाबाट देव बहादुर खत्री, बुद्धिजीवीबाट माधव शर्मा, प्राध्यापकबाट निर्मल गौतम, किसानबाट कुशल देवकोटा, दलितबाट हिरा सुनार, साहित्य क्षेत्रबाट रामप्रसाद जैसी, विद्यार्थी बाट गोविन्द मल्ल, उद्योग वाणिज्य संघबाट महेन्द्र बुढाथोकी,लेखक संघबाट गोविन्द खड्का,थारु मोर्चाबाट बुद्धि चौधरी, स्वास्थ्य कर्मीको तर्फबाट हिरण्यराज शर्मा, प्रेस सेन्टरबाट प्रकाश चौधरी, महिलाबाट दिल कुमारी बुढा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
माओवादी केन्द्र घोराही उपमहानगरका अध्यक्ष खिम बहादुर चौधरी, अटलको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रमलाई नगरका उपाध्यक्ष मने विकले स्वागत गर्नु भएको थियो भने संन्चालन सचिव बसन्त चौधरीले गर्नु भएको थियो ।