१२ कार्तिक, घोराही –
दाङमा अहिलेसम्म कोरोनाका साढे १२ हजार कोरोना संक्रमित निको भएका छन् । २०७७ साल जेठ महिनामा पहिलो पटक दाङको गढवा गाउँपालिकाका नागरिकमा कोरोण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म दाङका १२ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
कुनैसमय एकैदिनमा १ सय ६२ जनासम्म देखिएको संक्रमण अहिले दैनिक रुपमा शून्यदेखी ४ जनासम्म देखिने गरेको छ । जसमध्ये १२ हजार ५ सय २९ जना निको भईसकेको कार्यालयका फोकल पर्शन कमल चन्दले जानकारी दिनुभयो । अहिलेसम्म कोरोनाका कारण २ सय ७१ जनाको मृत्यु भएको छ ।
दाङमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या २८ मा झरेको छ । ति मध्ये अहिले अधिकांस संक्रमित घरमै रहेका छन् । यस्तै दाङमा अहिलेसम्म १ लाख ३८ हजार ६ सय ३५ जनाले पहिलो मात्रा र १ लाख ३७ हजार ३ सय २० जनाले कोरोना भाईरसको पुर्ण खोप लगाएको उहाँले जानकारी दिनुभयो ।।