१२ कार्तिक,घोराही –
दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा हिरालाल रेग्मी आउँनुहुने भएको छ । रामबहादुर कुरुम्ङवाको गृहमन्त्रालयमा सरुवा भएसंगै दाङको दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा रेग्मी आउँनुहुने भएको हो । रेग्मी यसअघि नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गरि सक्नु भएको छ । भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभएको हो ।
२०६६ सालमा उपसचिव भएका रेग्मी २०७६ सालमा सहसचिव हुनुभएको थियो । सह–सचिव भएपछि गृह मन्त्रालय हुँदै सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गरेका रेग्मीले यसअघि कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको रुपमा कार्यरत भइ काम गरी सक्नु भएको छ ।।