१३ कात्तिक । युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज चेन्नई सुपरकिंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा कोलकातालाई जित्नै पर्ने दबाब छ । प्लेअफमा आफ्नो सम्भावना कायम राख्न आजको खेलमा कोलकातालाई जित्नैपर्ने हुन्छ । कोलकाता लिगमा १२ खेल खेलेर १२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । आजको खेलमा जित निकाल्न सके कोलकाता अंक तालिकाको शीर्ष चारमा उक्लनेछ ।
यता समूह चरणबाटै बाहिरिएको चेन्नई आजको खेलमा जित निकाल्दै आफूलाई राम्रो अवस्थामा राख्दै यो सिजनको अन्त्य गर्ने योजनामा छ । चेन्नईले अब लिगका दुई खेल खेल्न बाँकी छ ।