२०८१ माघ ४ गते शुक्रवार

दाङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु,दुई जना घाईते



१३ कार्तिक । दाङमा  एक पैदल यात्रीको निधन भएको छ भने दुई जना घाईते भएका छन् । भे १० प १५४९ नम्वरको मोटरसाईकलले ठक्कर दिदा पैदल यात्री लमही २ दोलही बस्ने ७५ बर्षका भरथारी चौधरीको मृत्यु भएको छ ।

लमही १ नर्ति नजिकै बुधवार अपरान्ह ठक्कर दिदा गम्भिर घाईते भएका उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारकै क्रममा बेलुकी साढे छ बजे निधन भएको प्रदेश प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिएका छन् ।

सोहि दुर्घटनामा परि मोटरसाईकल चालक अछाम बागंगढी गाउँपालिका ५ बस्ने २९ बर्षिय भोला रावल र सवार रुकुम सानो भेरी गाउँपालिका ५ बस्ने २३ बर्षिया उमा केसी घाईते भएका छन् ।उनीहरुको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्