१३ कात्तिक । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानबाट प्रदान गरिने सेवाहरु एक हप्तासम्म बन्द हुने भएका छन ।
एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने नागरिकता लगाएतका सम्पूर्ण सेवा आज कात्तिक १३ गते देखी कात्तिक २० गते सम्म स्थगित जानकारी दिएको हो ।
जारी सुचना अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत बिभिन्न कर्मचारीहरुको बिभिन्न मितीमा संकलित स्वावको पिसिआर परिक्षण गर्दा केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिडभाड हुने भएकाले यसले झन् कोरोना भाइरस सर्ने उच्च जोखिम भएकाले एक साताका लागी सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले सुचना जारी गरेर जानकारी दिएको हो ।
एकहप्ता सम्म जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा, मुद्धाको सुनुवाई तथा बिपद् ब्यबस्थापन सम्बन्धी बाहेकका अरु सबै सेवाहरु स्थगित गरिएको जनाएको छ ।