१३ असोज, घोराही –
रोल्पामा एक वर्षको अवधिमा भीरबाट लडेर २५ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बितेको आर्थिक वर्षमा मात्रै रोल्पामा भीरबाट लडेर २५ जनाको मृत्यु भएको हो ।
भीरबाट लडेर ज्यान गुमाउनेहरू धेरैजसो मदिरा सेवन गरी हिँड्नेहरू रहेको प्रहरीले जनाएको छ । त्यस्तै घरायसी कामका लागि हिड्नेहरुको पनि भीरबाट लडेर मृत्यु हुने गरेको छ । रोल्पामा चालु आर्थिक वर्षमा मात्रै भीरबाट लडेर चार जनाको मृत्यु भइसकेको छ ।।
प्रकाशित मिति : २०७८ असोज १३ गते बुधवार