२०८१ माघ ४ गते शुक्रवार

सिडियो भन्छन्–काममा फर्किनुस, स्वास्थ्यकर्मी भन्छन्-आन्दोलन सशक्त बनाउछौं



१३ भदौ,घोराही- राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोदकुमार सिंहलाई सर्जन परियारको नेतृत्वमा एक समूहले मोसो दले पछि त्यस घटनाले निकै चर्चा पाएको छ । त्यसको विरोधमा चिकित्सक तथा  स्वास्थ्यकर्मीहरुले बिरोध जनाएका छन भने कतिले अस्पतालले दिने सेवा प्रवाहमा प्रश्न उठाउन थालेका छन् ।

घटना भएको तीन दिन सम्म पनि प्रहरीले घटनाका आरोपि परियार सहित दिवस क्षेत्री, गणेश खड्कालाई अझै पक्राउ गर्न सकेको छैन् । चिकित्सकहरु त्यसको विरोधमा आजदेखि अस्पतालको आईसीयू सेवा, डायलासिश सेवा, प्रसुती सेवा र इमरजेन्सी सेवा बाहेक सबै सेवा ठप्प पारेर आन्दोलित भएका छन् । उनीहरुले घटना भएको तिन दिन वितिसक्दा पनि दोषी पक्राउ पर्न नसकेको भन्दै प्रशासन माथी प्रश्न उठाएका छन् । अस्पतालका प्रमुख माथी अमानविय कार्य गर्नु गलत भएको हुदा दोषीलाई पक्राउ नगर्दा सम्म सेवामा नफर्किने अडान लिएका छन् ।

तर दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङवाङले आन्दोलित स्वास्थ्यकर्मीहरुलाई काममा फर्किन आग्रह गर्नु भएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आन्दोलित स्वास्थ्यकर्मीहरु संग भेटघाट गदै उहाले घटनामा संलग्न भएका दोषीहरुको खोजी कार्य तिव्र पारिएको बताउदै सेवा सुचारु गर्न आग्रह गर्नु भएको छ ।

अस्पतालमा सेवा ठप्प हुदा सर्वसाधारण नागरिक समस्या परेको भन्दै सेवा सुचारु गर्न आग्रह गर्नु भएको हो । ढिलो चाडो दोषीलाई पक्राउ गरेरै छोड्ने प्रतिबद्धता जनाउदै प्रमुख जिल्ला अधिकारी कुरुङवाङले अस्पतालका प्रमुख माथी अमानविय कार्य गर्नु गलत भएको हुदा दोषीलाई कानुन कठ्घरामा ल्याएरै छोड्ने बताउनुभयो ।

त्यस्तै चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध हुँदा अस्पतालमा आउने बिरामीले सास्ती पाएका छन् । अस्पतालमा अन्य सेवा बन्द गरेर उनीहरु आन्दोलनमा हुँदा उपचारका लागि अस्पतालमा आएका बिरामीहरु त्यसै फर्किन बाध्य भएका छन् ।।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्