१३ भदौ, घोराही –
तुलसीपुर उपमहानगरपालिकाले वडा नम्वर १७ को कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।
त्यसक्रममा पाण्डेले वडाबासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्न सहज होस भनेर एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुुभयो ।
एम्बुलेन्सबाट सुत्केरी, बालबालिका, जेष्ठ नागरिक र विपन्नलार्ई निशुल्क सेवा दिने वडाले लक्ष्य राखेको छ । हालसम्म उपमहागनरपालिकाले वडा नम्बर १, १३, १७, र १९ नम्बर वडालाई एम्बुलेन्स प्रदान गरेको बताएको छ ।।
प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार