२०८१ माघ ७ गते सोमवार

आज दाङका ३५ जनाले जिते कोरोना, ८ जना थपिए



१३ भदौ, घोराही –
आज दाङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २० जनाको पिसिआर र विभिन्न स्थानिय तहमा १३ जनाको एन्टीजेन परिक्षण गर्दा ५ पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा तुलसीपुरका ५ जना, घोराही, बबई र गढवाका एक/एक जना रहेका छन् । आज थप भएका सँगै दाङमा सकृय बिरामीको संख्या १ सय २८ जना पुगेको छ । ति मध्य घरमा १ सय १४ जना, अक्सिजन सहितको उपचारमा २ जना र १२ जना आईसियूमा रहेको केन्द्रले जनाएको छ ।

यस्तै, वितेको २४ घण्टामा ३५ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा घोराहीका १८ जना, तुलसीपुरका १० जना, लमहीका ५ जना, राप्ती र गढवाका एक÷एक जना रहेको केन्द्रले जनाएको छ ।

आज थपिएका ८ जना सहित बैशाख यता दाङमा कोरोना संक्रमित हुनेको संख्या ८ हजार ८ सय ७७ जना पुगेको छ । ति मध्य ८ हजार ५ सय १६ जना निको भएका छ भने २ सय ११ जनाको मृत्युभएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्