१३ भदौ, काठमाण्डौं – लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
नियुक्त भएका ६ मन्त्रीमध्ये माओवादी केन्द्रका कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा सहरी विकास मन्त्रालय र जसपाका सहषराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयको संख्या पनि थप गर्ने तयारी छ ।
शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्रिपरिषद् ११ सदस्यीय थियो भने अहिले गठवन्धनलाई भाग पु¥याउन मन्त्रिपरिषद् १५ सदस्यीय पु¥याइँदै छ । ।