२०८२ बैशाख १२ गते बिहिवार

बंगलाचुलीका पहिरो पिडितलाई राहात वितरण



१३ भदौ,कमिरेचौर – बंगलाचुली गाउँपालिका वडा नंम्वर २ धरमपानीका पाँचघर पहिरो पिडितहरुलाई गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले राहात वितरण गरेको छ । बंगलाचुली गाउँपालिकाले पहिरोका कारण विस्तापित परिवारलाई प्रति परिवार ५० किलो चमल, दुई पोका नुन, दुई किलो दाल, र एक लिटर तेल प्रदान गरेको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली,वडा नम्वर दुईका अध्यक्ष मेघराज राना र चारका अध्यक्ष नारायण डाँगीसहितको टोलिले पहिरो पिडित परिवारलाई राहात सामग्री हस्तान्तरण गर्नु भएको हो ।

यसैविच बंगलाचुली गाउँपालकामा रहेको नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाले पनि पहिरो पिडित परिवालाई राहात समग्री हस्तान्तरण गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको उपस्थितीमा पाँच घर पहिरो पिडित परिवारलाई रेडक्रसको तर्फबाट प्रदान गरिने सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

उप-शाखा सभापती चुरामणी नेपालीले पहिरो पिडित परिवारलाई प्रतिपरिवार एक-एक सेट राहात साग्री हस्तान्तरण गरिएको जाकनारी दिनु भयो ।

केही दिन देखि परेको अविरल वर्षाका कारण बंगलाचुली गाउँपालिका २ टाकुराको धरमपानी टोलमा आएको पहिरोका कारण ५ घर परिवार बिस्तापित भएका थिए । पहिरोका कारण दिलबहादुर घर्ती, भिमबहादुर घर्ती, पाराश्वर पुन, चेत बहादुर सार्की, हुमबहादुर घर्तीसहित ५ परिवारका २२ जना रहेका छन् ।

पहिरोका कारण अन्दाजी ३० लाख बराबरको क्षती भएको छ । लगातार परेको वर्षाका कारण सो गाउँमा पहिरोको उच्च जोखिम रहेको छ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्