१३ भदौ, घोराही –
राप्तीप्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. बिनोदकुमार सिंहलाई मोसो दल्ने माथीकार्वाहीको मागगर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।
घटना भएको तीनदिन सम्मपनि दोषिहरु पक्राउ नपरेको भन्दै प्रादेशिक अस्पताल सहितअन्यनिजी अस्पताल, चिकित्सकतथा स्वास्थ्यकर्मीहरुको संगठनहरुमा आबद्ध स्वास्थ्यकर्मीहरुले आजतुलसीपुरमा बिरोध प्रर्दशन गरेकाहुन् ।
प्रादेशिक अस्पतालबाट सुरुभएको चिकित्सकएवं स्वास्थ्यकर्मीहरुको जुलुसले बजार परिक्रमागर्दै विरेन्द्र चोकमा पुरेर दोषिलाई कडा कार्वाहीको माग गरेकाथिए । स्वाथ्यकर्मी माथिहुने दुव्र्यवहार बन्द गर, सुरक्षाको प्रत्याभूती गर,स्वास्थ्य संस्थामाकामगर्ने वातावरण सृजना गर लगाएतकालगाएतकानारा लगाएका छन् ।
नेकपाएमाले निकट विद्यार्थी संगठन अखिलकाजिल्ला संयोजक सर्जन परियार सहितकापदाधिकारीले अस्पताल उपचार केन्द्र भन्दा रिफर सेन्टर भएको भन्दै डा. सिंहलाई मोसो दलेकाथिए ।
चिकित्सकआजदेखि अस्पतालको आईसीयू सेवा, डायलासिश सेवा, प्रसुती सेवा र इमरजेन्सी सेवाबाहेक सबै सेवा ठप्प पारेर आन्दोलितभएका छन् । उता प्रहरीले घटनाका आरोपि परियार सहितदिवस क्षेत्री, गणेश खड्कालाई अझै पक्राउ गर्न सकेको छैन् ।।