२०८१ माघ ५ गते शनिवार

कालोमोसो प्रकरण: चिकित्सक आन्दोलित, सेवा बन्द हुँदा बिरामी मारमा



 

१३ भदौ,घोराही – गत शुक्रबार दिउँसो २ बजेतिर सर्जन परियारको एक समुहले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बिनोद सिंहमाथि दुव्र्यवहार गरेका थिए । अस्पतालमा कल्चर सेवा नभएको विषयमा विवाद भएपछि परियारसहितको टोलीले डा. सिंहलाई मोसो दलेपछि अहिले अस्पताल तनावग्रस्त बनेको हो ।

उक्त घटनापछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु अहिले दोषिलाई कार्बाहीको मागसहित आन्दोलनमा उत्रिएका छन् । प्रादेशिक अस्पताल सहित तुलसीपुरका निजि तथा सरकारी अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीले आज बिहान बजार परिक्रमा गरी बिरोध जनाएका छन् ।

घटना भएको तेस्रो दिनसम्म पनि घटनामा संलग्न दोषि पक्राउ पर्न नसकेको भन्दै उनीहरु आक्रोसित बनेका छन् । दोषि पक्राउ नपर्दासम्म अस्पतालका आकस्मीक, डायलायसिस र सुत्केरी सेवाबाहेक अरु सेवा बन्द हुने अस्पतालका मेसु डा. बिनोद सिंहले जानकारी दिनुभयो ।

चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध हुँदा अस्पतालमा आउने बिरामीले सास्ती पाएका छन् । अस्पतालमा अन्य सेवा बन्द गरेर उनीहरु आन्दोलनमा हुँदा उपचारका लागि अस्पतालमा आएका बिरामीहरु त्यसै फर्किन बाध्य भएका छन् ।

दोषी अहिलेसम्म पक्राउ नपरेका कारण आज पनि दिनभर अन्य सेवा अवरुद्ध हुन सक्ने भएको छ । यता जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले घटनामा संलग्न दोषि उम्कन नसक्ने बताउनुभएको छ । प्रमुख काफ्लेले राजनैतिक दवाबका कारण दोषिले उन्मुक्ति नपाउने बताउनुभयो ।

यसैबीच दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सेवा नरोक्न आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । प्रजिअ कुरुम्बाङले अस्पतालजस्तो सम्बेदनशिल ठाउँलाई बन्द नगर्न आग्रह गर्नुभयो । सर्जन परियार, दिवस क्षेत्री, गणेश खड्कासहित ४र ५ जना युवाहरुले डा. सिंह माथि दुव्र्यबहार गरेका थिए ।।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्