२०८१ माघ २६ गते शनिवार

दाङ चेम्बर अफ कमर्सको अध्यक्षमा योगी



१३ भदौ,घोराही –दाङ चेम्बर अफ कमर्सको अध्यक्षमा वलदेव योगी निर्विरोध निर्वाचित हुनुभएको छ । कमर्सको हिजो घोराहीमा सम्पन्न दोस्रो साधारणसभा तथा विशेष अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

जसकोे वरिष्ठ उपाध्यक्षमा घनश्याम अधिकारी, प्रथम उपाध्यक्षमा विकास अग्रवाल, द्वितीय उपाध्यक्षमा टीकादत्त खनाल ९सागर०, महासचिवमा कुमारराज श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार पाण्डेय, सचिवमा लक्ष्मी अधिकारी र सहकोषाध्यक्षमा नारायणप्रसाद लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा मुक्तिप्रसाद खरेल, सुशीला पौडेल, कृष्णा कार्की, महेश गुप्ता, प्रभा ओली, नरबहादुर न्यौपाने, हरिप्रसाद बञ्जाडे, पुष्पा श्रेष्ठ र नरेन्द्रनाथ योगी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अधिवक्ता मणिराज आचार्य ‘मौसम’ले जानकारी दिनुभएको छ ।

निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका उपाध्यक्ष श्रीधर महराले व्यावसायिक अक्षयकोष खडा गर्नुभएको छ । उहाँले पिता रविलाल महरा र माता रुपकलाको नाममा एक लाख ५१ हजार एक सय पाँच रुपैयाँको अक्षयकोष चेम्वरमा स्थापना गर्नुभएको हो ।

व्यवसायीलाई पर्ने अनेक दुर्घटनामा राहत दिन खर्च गरिने निवर्तमान अध्यक्ष महराले बताउनुभयो । सिष्टमको शुरुवात गरेको र यसलाई निरन्तर थप्दै जाने नवनिर्वाचित अध्यक्ष योगीको भनाइ थियो । उहाँले कोषमा रकम थप गर्न इच्छुक व्यवसायीलाई आह्वान गर्नुभयो ।

बैठकको निमन्त्रणासँगै कार्यसमितिलाई एजेण्डा पनि पठाउने, छुटै गु्रप बनाएर हरेक गतिविधि जानकारी गराउने र सबै कागजात कम्प्यूटराइज गरिने महासचिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विशेष अवस्था आएकाले विशेष अधिवेशन गरेर नयाँ कार्यसमिति बनाउनुपरेको बताउनुभयो ।।

 

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्