२०८१ माघ ७ गते सोमवार

पाल्पामा घरको गारो भत्किँदा च्यापिएर एक बालिकको ज्यान गयो



१३ भदौ, पाल्पा – पाल्पामा घरको गारो भत्किँदा च्यापिएर १० वर्षीया बालिकाको ज्यान गएको छ । तानसेन–५ कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको पछाडिको गारो भत्किँदा च्यापिएर उहाँकी १० वर्षीया छोरी नैना दर्जीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहान ४ बजेतिर एक्कासी घर भत्किँदा गम्भीर घाइते भएकी नैनालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषित गरेका थिए ।।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस्