२०८१ असार ६ गते बुधवार

सीमा नाकामा रोजगारीका लागि भारत जाने युवाको लर्को



१३ साउन,घोराही  – नेपाली युवाहरु भारतमा रोजगारीका लागि जानेको संख्या सिमा नाकाहरुमा बढ्दै जान थालेको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका दैनिक रुपमा एक हजार भन्दा बढी युवा नाका हुँदै रोजगारीका लागि भारततर्फ जाने गरेको जमुनाह नाका स्थित प्रहरीको तथ्याङ्क छ ।

इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख वरिष्ठ सई माधव रिजालले केही दिन यता आएर फेरी दैनिक भारत जाने नेपालीको संख्या बढ्दै गएको बताउनुभयो ।

अहिले नेपालमा काम नभएको र भारतको सिमला लगायतका ठाउँमा स्याउ पाकेकोले स्याउ टिप्न र ओसार पसार गर्न धेरै नेपाली युवा सो तर्फ जाने गरेको प्रहरीको भनाइ छ ।।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्