२०८१ जेष्ठ ५ गते शनिवार

१० हजार ५४१ प्रहरीमा कोरोना संक्रमण, १७ जनाको मृत्य, ४८ हजारले लगाए दुवै डोज खोप



१४ साउन । हालसम्म १० हजार ५४१ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० हजार ३०८ जना निको भइसकेका छन् ।

साथै अहिले सम्म कोरोना संक्रमणबाट १७ जना प्रहरीको मृत्यु भएको छ । २१६ जना संक्रमित प्रहरी उपचारत छन् । कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा ४१ हजार २९२ जना प्रहरी परिचालन गरिएको छन् ।

त्यस्तै हालसम्म ६० हजार ५९७ जना प्रहरीले कोरोनाको पहिलो र ४८ हजार ४४८ जनाले दुवै डोज खोप लगाइसकेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ ।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्