२०८१ जेष्ठ ५ गते शनिवार

गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ



१४ असार,घोराही – गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले शपथ लिएका छन्।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रमुखहरूले राष्ट्पति समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।।

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्