२०८१ असार ६ गते बुधवार

टेम्पो व्यवसायी मृगौला पिडितलाई आर्थिक सहयोग



१५ असार,दाङ –
दाङ भ्याली यातायात प्रालिले अटो टेम्पो ब्यवसायी मृगौला पिडित श्रीधर चौधरीलाई आर्थिक सहयोग गरेको छ । तुलसीपुर उपमहानगरपालिका १८ निवासी ४२ बर्षिय चौधरीलाई संस्थाका पदाधिकारी ,कर्मचारी र व्यवसायीको संयुक्त प्रयासमा १८ हजार १ सय १५ रुपैया सहयोग गरिएको प्रालिका अध्यक्ष बेत प्रकाश वलीले जानकारी दिनुभयो ।

बुधवार बिजौरी उद्योग बाणिज्य संघको सभाहलमा एक कार्यक्रम बिच उक्त सहयोग रकम मृगौला पिडित श्रीधर चौधरीलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कम्जोर भएका चौधरीको दुबै मृगौलामा समस्या देखाएको छ । चौधरीले हप्तामा एक पटक डाईलासिस गराउनुपर्छ । डाईलासिस गराउन नेपालगंज जाने गरेको उहाँको भनाई छ । बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा रहदाँ ६ बर्ष अघि उहाँ मृगौलामा समस्या देखिएको थियो ।

बैदेशिक रोजगारीबाट फर्केपछि बिगत ४ बर्ष देखि उहाँले अटो टेम्पो ब्यवसाय गर्दै आउनुभएको छ । उहाँको घरमा श्रीमती र दुई छोरा रहेका छन् ।कार्यक्रममा बोल्दै दाङ भ्याली यातायात प्रा।लिका अध्यक्ष वलीले पछिल्लो समय मानवता हराउदै गईरहेको अवस्थामा मृगौला पिडितलाई आफ्नो संस्थाले केही सहयोग उपल्ब्ध गराउन पाँउदा खुशी लागेको बताउनुभयो ।

त्यसतै कार्यक्रममा प्रालिका उपाध्यक्ष नहुस कुमार लामिछाने, महासचिव खुम बहादुर वली, अटो ब्यवसायी प्रेम बहादुर वली लगाएत मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण प्रालिका कार्यालय प्रमुख महेन्द्र महराले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्