२०८१ असार ६ गते बुधवार

दाङमा १७ वर्षीया किशोरी बलात्कृत, अभियोगी बाबुराम पक्राउ



१५ असार, दाङ –  दाङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई बलात्कार गरेको अभियोगमा बबई गाउँपालिका–२ बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँको बिजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले बलात्कार गरेको प्रहरीले जनाएको छ । उत्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुरनधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०७९ असार १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्