२०८१ जेष्ठ ५ गते शनिवार

राप्ती गाउँपालिका अध्यक्षसहित २० जना बिरुद्ध पक्राउ पूर्जी जारी



१५ असार,घोराही –
सहकारीको रकम हिनामिना प्रकरणमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानुन्द सुबेदीसहित २० जनाको नाममा आज पक्राउ पूर्जी जारी भएको छ । दाङ देउखुरी जिल्ला अदालतले गाउँपालिकाका अध्यक्ष सुबेदीसहित २० जनाको नाममा पक्राउ पूर्जी जारी गरेको हो ।

अदालतका श्रेस्तेदार धनसिंह गिरीले गाउँपालिका अध्यक्षसहित २० जना प्रतिबादी बिरुद्ध अदालतले पक्राउ पूर्जी जारी गर्दै सबैलाई पक्राउ गरेर अदालतमा पेश गर्न आदेश जारी गरेको जानकारी दिनुभएको छ ।

३५ दिने पक्राउ पूर्जीको म्याद जारी गर्दै अदालतले त्यस्तो आदेश दिएको हो । देउखुरी बचत तथा सहकारी संस्थाको ५ करोड बढी रकम हिनाबिना गरेको अभियोगमा यसअघि ४ जना कर्मचारीलाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

एक जना महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो ।सहकारी सदस्यहरुले कर्मचारी र पदाधिकारीसहित २५ जनालाई प्रतिबादी बनाई अदालतमा मुद्दा दायर गरेका थिए ।।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्