२०८१ जेष्ठ ५ गते शनिवार

भरखरै दाङ भित्रीनुभएका प्रजिअ कुरुम्वाङको पहिलो नजर पत्रेखोला तिर



 १५ असार, घोराही –
दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा हिजो देखी जिम्मेवारी सम्हाल्नुभएका रामबहादुर कुरुम्वाङले आज पत्रे खोलाले निम्त्याएको समस्याका बारेमा निरीक्षण गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले प्रहरी प्रमुख, सडक डिभिजन प्रमुख, निर्माण व्यवसायीलाई लिएर पत्रे खोलाले निम्त्याएको जोखिमताका बिषयमा जानकारी लिनुभएको हो ।

खोलामा बन्दै गरेको पुल र सुरक्षित डाइभर्सन नहुदा निम्तीएको जोखिमलाई तत्काल समाधान गर्न उहाँले सडक कार्यालय र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । बर्षा याममा सवारीका साधन र यात्रुहरुलाई सहजैरुपमा आवतजावत गर्न सक्ने गरी तत्काल काम थालेर सुरक्षित बनाउन उहाँले निर्देशन दिनुभएको हो ।

बर्षौ देखी निर्माणाधिन पुल अहिले सम्म पनि बन्न नसक्दा बर्षाको भेलले आवतजावतमा अप्ठेरो पार्दै आएको छ । तर सरकारी नियमक निकायले निरिक्षण गर्ने र काम नगर्ने गर्दा यात्रुहरुले भने सास्ती भोग्दै आएका छन् ।।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्