२०८१ चैत्र १० गते आइतवार

लुम्बिनी प्रदेशमा सवारी दुर्घट्ना घट्दै



१५ असार, घोराही –
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घट्नाको संख्या घटेको छ भने मृत्यू हुनेको संख्या भने बढेको छ । सवारी दुर्घट्नाबाट आर्थिक वर्षमा १ हजार १ सय २१ सवारी दुर्घट्ना हुँदा ४ सय ८८ जनाको मृत्यू भएको हो ।

गत आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २२ वटा सवारी दुर्घट्ना भएका थिए भने दुर्घट्नाबाट ४ सय ४९ जनाको मृत्यू भएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार यस आर्थिक वर्षमा १ हजार १ सय २१ सवारी दुर्घट्ना हुँदा ४ सय ८८ जनाको मृत्यू भएको हो ।

कार्यालयका प्रमुख मधुसुधन लुईटेलका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुमध्ये रुपन्देहीमा २ सय ४३ वटा सवारी दुर्घट्ना भएको छ । दुर्घट्नाबाट १ सय २१ जनाको मृत्यु भएको जनाइएको छ ।

यो अन्य जिल्लाको तुलनामा सबै भन्दा बढी हो । दुर्घट्नामा परी १ सय ७८ जना गम्भिर घाईते भएका छन् । त्यस्तै दाङमा २ सय सवारी दुर्घट्ना हुँदा ६९ जनाको मृत्यु भएको छ भने २ सय २८ जना गम्भिर घाईते भएको जनाईएको छ ।।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्