१५ असार, घोराही – दाङमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिती (डिसिसीएमसी) को बैठकले स्वास्थ्य मापदण्ड अपनाएर सार्बजनिक यातायात सन्चालन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले जिल्लामा एक हप्ता लकडाउन थप्दै असार २२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएपछि भोलीदेखि लागू हुने गरि निजी र सार्वजनिक दुवै सवारी साधन जिल्ला भित्र चल्ने भएका छन् ।
दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले दिएको जानकारी अनुसार जिल्लामा सरकारी कार्यालय, बैंक र बित्तीय सस्थामा कार्यालय अबधिभर बिहान १० बजेदेखी बेलुकी ५ बजेसम्म खुल्ने भएका छन ।
त्यस्तै दाङको बजार दैनिकरुपमा बेलुकी ६ बजेसम्म खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले जानकारी दिनुभएको छ ।।
त्यस्तै सार्बजनिक यातायात सन्चालन गर्न माग गर्दै नेपाल यातायात ब्यबसायी महासंघका संयोजक भरतनाथ योगिले प्रजिअ कुरुम्बाङ्ग र जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेलाइ ज्ञापन पत्र आजै बुझाउनुुभएको थियो ।
स्तै दाङको बजार दैनिकरुपमा बेलुकी ६ बजेसम्म खुल्ने भएका छन् ।।