२०८२ बैशाख १० गते मङ्गलवार

‘जिल्लाको सुशासन, विकास र समृद्धितर्फ प्रतिबद्ध छु’ :दाङका प्रजिअ कुरुम्बाङ्ग



१५ असार,घोराही – जिल्ला प्रशासन कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले सोमबार देखि कार्यभार सम्हाल्नु भएको छ ।

सिनियर सहसचिबलाई पन्छाउदै कुरुम्बाङ्ग दाङको प्रजिअको रुपमा गृहमन्त्रालय सरुवा भएर आउनुभएको हो । सोमबारबाट प्रजिअको कार्यभार सुरु गर्नुभएका उहाँले जिल्लाको सुशासन , विकास र समृद्धितर्फ प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले फेसबुकमा लेख्नु भएको छ -‘असार १४ देखि दाङ्ग जिल्लाको प्रजिअको जिम्मेवारी शुरु गरेको छु। जिल्लाको सुशासन , विकास र समृद्धितर्फ प्रतिबद्ध छु।’

प्रजिअ कुरुम्वाङ्गलाई जिल्ला प्रशासनका कर्मचारि, निमित्त प्रहरी प्रमुख डिएसपि मुकुन्द रिजाल, राष्ट्रिय अनुसन्धानका एसपि अर्जुन भण्डारिले स्वाग गरेका छ्न ।

त्यस्तै  बाँकेमा मापदण्ड बिपरितका क्रशरहरु बन्द गराएपछि प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गको चर्चा चुलिएको थियो । दाङका अबैध क्रसर बन्द हुन्छन कि हुदैनन् भन्ने कुरा चासोका साथ हेरिएको छ । हाइबेय, खोला र सडकमा जोडेर धेरैजसो क्रसर सन्चालनमा छन ।।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्