२०८१ असार २ गते शनिवार

नेक्ससद्धारा नयाँ विद्यार्थीलाई स्वागत



१५ जेठ, घोराही –
घोराही १५ मा रहेको नेक्सस एजुकेशनल ईनिस्ट्च्युटले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । विगत ६ वर्षदेखि शैक्षिक गतिविधी संचालन गर्दै आएको ईनिस्ट्च्युटले आज एक कार्यक्रमको आयोजना गरि व्रिजकोर्ष तथा ईन्ट्रान्स तयारीको लागि भर्नाहुन आएका विद्यार्थीलाई स्वागत गरेको हो ।

संस्थाका सञ्चालक कृष्ण पिएमको अध्यक्षता एवं अनेरास्वव्यू क्रान्तिकारीका केन्द्रीय सदस्य जंग रोकाको प्रमुुख अतिथ्यता र बाल विकास मावि घोराहीका प्रधानाध्यापक श्रीधर पोख्रेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, पुर्व विद्यार्थी विपिन नेपाली, निराजन पौडेल, केशव राना लगाएको सहभागितका रहेको थियो । दिनेश थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्णीमा गिरीको समुहले स्वागत गित प्रस्तुुत गरेका थिए भने सहजिकरण अनमोल परियारले गर्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्