२०८१ फाल्गुन ४ गते आइतवार

दाङमा आज १ सय ६१ जनाले जिते कोरोना



१५ जेठ,घोराही –
दाङमा शनिबार (आज) पनि कोरोना संक्रमित थपिनेभन्दा निको हुनेदर बढेको छ । जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले आज दिउसो ३ बजे दिएको जानकारी अनुसार जिल्लामा ९७ जनामा संक्रमण देखिएकोमा १६१ जना संक्रमणमुक्त भएका छन् ।

शनिबार (आज) संक्रमणमुक्त हुने सबैभन्दा धेरै घोराहीका रहेका छन् । घोराहीका १४० जना आज एकैदिन संक्रमण मुक्त भएका छन् । बितेको २४ घण्टामा विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ८३ जना महिला र ७८ जना पुरुष निको भएका छन् ।

त्यसैगरि निको हुनेमा राप्ती गाउँपालिकाका १४ जना, लमही नगरपालिकाका १२ जना, दंगीशरण गाउँपालिकाका ८ जना र राजपुर गाउँपालिकाका २ जना कोरोनाका विरामी निको भएको केन्द्रले जनाएको छ ।

त्यसैगरी आज थपिनेमा घोराहीका ४० जना, तुलसीपुरका ३५ जना, लमहीका ७ जना, शान्तिनगरका ४ जना ,दंगीशरणका ३ जना र बबईका २ जान रहेका छन् । योसंगै जिल्लामा बैशाखयता संक्रमितको संख्या ६ हजार ९ सय ७१ रहेको छन भने निको हुनेको संख्या ५ हजार ६ सय ८ पुगेको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्