२०८१ साउन ३ गते बिहिवार

आजदेखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू



१६ बैशाख, दाङ । आज विहिवार देखि देशका १५ जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना महामारीको जोखिम बढेपछि संक्रमण दर रोक्न सरकारले आजदेखि देशका विभिन्न १५ जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।
काठमाडौं उपत्यकाका ३ जिल्ला सहित कैलाली, कञ्चनपुर, पर्सा, रूपन्देही, बर्दिया, सुर्खेत, कास्की लगायतका जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं उपत्यका र रुपन्देहीमा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

सङ्क्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर निषेधाज्ञाको सयमावधि थप गर्न सक्ने अधिकारी जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । काठमाडौं उपत्यकामा आज बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् ।

आजबाट सुरु भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान देखिएका छन् । दाङमा भोली शुक्रवार देखी बैशाख २५ गते सम्म जिल्लाभर लकडाउन हुदैछ ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्