२०८१ असोज १९ गते शनिवार

राजधानीमा बिहानैबाट निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन?



१६ बैशाख,काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढेपछि आज बिहान ६ बाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञा लागू भएसँगै राजधानी सुनसान बनेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लागू गरेका हुन्। उनीहरुले आज बिहान ६ बजेदेखि लागूको गरेको निषेधाज्ञा दुई सातासम्म जारी रहनेछ।

मन्त्रिपरिषद्को बैठकले कोरोनाको चेन ब्रेक गर्न कम्तिमा दुई साता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो। त्यहिअनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश दिएका हुन्।

निषेधाज्ञाको समयमा यात्रायातका साधान बन्द भएका छन्। अत्यावश्यक परेका बाहेक अन्यलाई जथाभावी हिडडुल गर्न पनि रोक लगाइएको छ।

त्यस्तै, खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द रहेका छन्। शैक्षिक संस्था पनि बन्द रहेका छन्।

सभा, समारोह, भेला, गोष्ठ गर्न पनि रोक लगाएको छ। विवाह, व्रतबन्ध र अन्तिम संस्कार गर्न भने छुट दिइएको छ। विवाहमा पनि १५ जनाभन्दा बढी सहभागी हुन पाइनेछैन। विवाहमा दुई वटासम्म गाडी प्रयोग गर्न पाइनेछ। त्यसमा विवाह भनेर लेखिएको ब्यानर राख्नुपर्नेछ।

प्रकाशित मिति : २०७८ बैशाख १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्