२०८० फाल्गुन १२ गते शनिवार

शिक्षक सेवा आयोगको परीक्षा आजदेखि सुरू



१५ चैत,घोराही- शिक्षक सेवा आयोगको स्थायी शिक्षकको परीक्षा आजदेखि सुरू हुँदै छ । आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आजदेखि परीक्षा लिन लागेको हो ।

आज माध्यमिक तह माविको शिक्षकको परीक्षा हुने छ । मावि तहको परीक्षामा १ हजार ५ सय ५२ पदका लागि १ सय ५४ केन्द्र निर्धारण गरिएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार झन्डै साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ सय ५६ जनाले आवेदन दिएका छन् । आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।

आयोगले आचारसंहिता जारी गरी परीक्षामा वर्जित गरिएका कुनै पनि सामग्री परीक्षा हलमा नलैजान आग्रह गरेको छ । आयोगका अनुसार आज मावि, पर्सि बिहिवार निम्न माध्यमिक र आउँदो शनिवार प्राथमिक र सोमवार आन्तरिक बढुवातर्फको परीक्षा हुने भएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्