२०८१ जेष्ठ ५ गते शनिवार

पश्चिम दाङमा होली खेल्न गएका थिए, मोटरसाइकल दुर्घटनामा बिते



१६ चैत,दाङ । पश्चिम दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने थप दुई जना गम्भीर घाइते भएका छन्। बबई गाउँपालिका वडा नं ३ हंसपुरको पिसियो चोकमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएको मध्य बबई ५ का १९ वर्षीय गोविन्द पुनको मृत्यु भएको हो।

उनको साँझ ६ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

उक्त दुर्घटनामा परी बबई ५ का २७ वर्षीय ध्रुव घर्ती र बबई ४ का २५ वर्षीय देवराज रजाली गम्भीर घाइते भएका छन्। घाइतेमध्ये घर्तीलाई तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको छ। अर्का घाइते रजालीलाई पनि रिफर गरिएको भए पनि परिवारले हेलिकप्टर मागेर थप उपचारका लागि काठमाडौं लैजान्छौं भनेको हुँदा तुलसीपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरू तीन जना रा ४ प १४४३ नम्बरको मोटरसाइकलमा सवार थिए। घटनास्थलभन्दा पश्चिममा होली खेल्न गएका उनीहरू सवार तीव्र गतिको मोटरसाइकल बेलुकीपख पिसियो चोकमा दुर्घटना परेको प्रहरीले जनाएको छ। मोटरसाइकल कसले चलाएको थियो भन्ने कुरा खुलिनसकेको प्रहरीले बताएको छ।सेतोपाटीबाट

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्