२०८१ जेष्ठ ५ गते शनिवार

प्रेस चौतारीबाट के.सीको महासंघमा उम्मेदवारी



१६ चैत,घोराही ।आसन्न नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि प्रेस चौतारी नेपाल दाङले दुर्गालाल केसीलाई उमेद्वार बनाउने निर्णय गरेको छ । चौतारीको आज बाह्रकुनेमा भएको जिल्ला भेलाले केसीलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । यही चैत्र २५ गते पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका तोकिएको छ ।

महासंघको केन्द्रमा अस्ती उमेद्वारी दर्ता भैसकेको छ । चौतारी दाङका अध्यक्ष जेएन सागरको अध्यक्षता एवं प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा भेलाको आयोजना गरी तत्कालका लागि अध्यक्षको उमेद्वार खडा गरेको हो ।

चौतारीले नेतृत्वमा आफ्नो दावी कायम राख्दै अन्य संगठनहरु सँग सहकार्य गरेर अघि बढ्न आफुहरु तयार रहेको समेत स्पष्ट पारेको छ । चौतारीले दाङबाट लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी केन्द्रिय सदस्यमा टीका बस्नेतलाई अघि सारेर उमेद्वारी समेत दर्ता गराई सकेको छ ।

यसैविच प्रेस चौतारी दाङले आफ्ना सदस्यहरु विभिन्न संगठन र संस्थाको जिम्मेवारी पाएको भन्दै सम्मान र बधाई समेत ज्ञापन गरेको छ । प्रेस काउन्सीलका सदस्य सरद अधिकारी, महेन्द्र बहुमुखी क्याम्सपको साहायक प्रमुखमा केवी चौधरी, अको¥याबका सदस्य संगित बस्याल, प्रदेश सचिब बालकृष्ण पाण्डे, दलित पत्रकार संघका अध्यक्ष बसन्त परियारलाई बधाई ज्ञापन गरेको हो ।।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्