१५ माघ,घोराही –
दाङमा अहिले कोरोनाका संक्रिय विरामीको संख्या ४ सय ४४ पुगेको छ । जिल्लामा भएका संक्रिय विरामी मध्ये अहिले अधिकांश होम आईशोलेशनमा बस्दै आएका छ । अहिले संक्रिय विरामीमध्य अधिकांश घरमै रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
विरामीमा जटिल समस्या नदेखिदा पालिकाहरुमा आइसोलेशन खाली भएका हुन् । जिल्लाका पालिकाहरुमा कोरोना संक्रमितहरु घरमै बस्न थालेपछि आइसोलेशन सेन्टरका वेड खाली हुन थालेका हुन् ।
गढवा गाउँपालिका, राप्ती गाउँपालिका र बंगलाचुली गाउँपालिकामा कोरोना संक्रमित बिरामीका लागि आइसोलेसन सेन्टर तथा स्वास्थ्य चौकीमा तयारी अवस्थामा राखिएका वेडहरु खाली भएका छन् । उक्त पालिकाहरुमा संक्रमित भएका बिरामीहरु अधिकांश सामान्य अवस्थाका भएपछि घरमै बस्न थालेका हुन् ।
तर कतिपय कोरोना बिरामी जटिल खालकालाई ती पालिकाहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाई तुलसीपुरमा पठाउने गरेको सम्बन्धित पालिकाका स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।।