२०८१ माघ १२ गते शनिवार

खोप अभियानका लागी दाङका विद्यालयहरु भोलीदेखी खुल्ने



१५ माघ.घोराही-
कोरोना भाईरस विरुद्धको खोप अभियानलाई लक्षित गर्दै दाङका विद्यालयहरु भोलीदेखी खुल्ने भएका छन् । १२ देखी १७ वर्ष उमेर समुहका ६९ हजार ५ सय ५० बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्यका साथ भोलीदेखी २१ गते सम्मका लागी विद्यालय खुल्ने भएका हुन् ।

घोराही बाहेकका ९ पालिकामा बालबालिकालाई पहिलो मात्रा खोप मोडर्ना खोप लगाईने र घोराहीमा दोस्रो मात्रा तथा यसअघि छुटेका बालबालिकालाई खोप दिईने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ । यसअघि गत पुुस २० देखी २६ गतेसम्म घोराहीका २२ हजार ४ सय ५५ जना बालबालिकालाई मोर्डना खोप लगाएको थियो ।

घोराहीका ति बालबालिकालाई दोस्रो मात्रा र त्यत्तिबेला छुटेका बालबालिकाहरुलाई पहिलो मात्रा दिईने प्रमुख शाहीले जानकारी दिनुभयो । घोराही बाहेकका अन्य पालिकामा भने १२ देखी १७ वर्ष उमेर समुहका बालबालिकाका लागी यस अघि खोप अभियान चलाईएको छैन् ।

माघ ४ गते गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निर्णय गरेको थियो । यद्यपी दाङका विद्यालयहरुमा भने २१ गते सम्म यो अभियान चलाईने छ ।।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्