२०८१ मङ्सिर १६ गते आइतवार

सल्यान त्रिबेणीका किसानलाई मेशिनरी उपकरण हस्तान्तरण



१५ माघ,सल्यान –
सल्यानको त्रिबेणी गाउँपालिकाले किसानहरूलाई मेशिनरी उपकरण हस्तान्तरण गरेको छ । गाउँपालिका भित्र रहेका किसानहरूलाई प्रविधि हस्तान्तरण गरेर व्यवसायिक बनाउने उद्धेश्यले पचास प्रतिशत अनुदानमा मेशिनरी उपकरण हस्तान्तरण गरिको गाउँपालिकाले जनाएको छ ।

जसमा इलेक्ट्रिकल च्याप कटर पाँच वटा र चल्ला कोरल्ने मेसिन एक वटा हस्तान्तरण गरिएको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्रिबेणी गाउँपालिका १ का खड्क बहादुर खड्का, वडा नम्बर ३ का धन बहादर बोहरा, सोही वडाका रुपा कुमारी शाह, वडा नम्बर ४ का लक्ष्मी रावत र सोही वडाका खड्क बहादुर रेउलेलाई च्याप कटर तथा नम्बर ४ का चोकेन्द्र रावतलाई चल्ला कोरल्ने मेशिन हस्तान्तरण गरिएको छ ।

उहाँले जीवन निर्वाहका लागि मात्रै कृषि पेशामा सम्लग्न रहेका किसानहरूलाई व्यवसायिक बनाउनको लागि उपकरण हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्