२०८१ माघ ५ गते शनिवार

तुलसीपुरमा खुल्ला नृत्य प्रतियोगिता हुने



१६ माघ, घोराही ।
दाङमा स्वतन्त्र युवा क्लवको आयोजनामा खुल्ला नृत्य प्रतियोगिता २०७७ हुने भएको छ । “कला,साहित्य,सस्कृति र कलाकार देशका गहना हुन” भन्ने मुलनाराका साथ नृत्य प्रतियोगिता हुनलागेको हो । स्थानिय कला र सस्कृतिको जर्गेना र पहिचान संगै स्थानिय स्तरमा लुकेर रहेका प्रतिभालाई प्राथामिकता दिईने क्लबका अध्यक्ष सन्दिप गौतमले जानकारि दिनुभएको छ ।

नृत्य प्रतियोगिताका लागि सहभागि हुने आकंक्षिहरुले यहि माघ ३० गते सम्म फारम भर्न सकिने कार्यक्रम संयोजक बसन्त (क्युव) रानाले जानकारी दिनुभएको छ । साथै फोनबाट पनि नाम दर्ता गर्न सिकनेछ । पहिलो अडिसन आगामी फागुन १ गते तुलसीपुरमा हुनेछ भने दोस्रो अडिसन फागुन ८ गते घोराहीमा हुने भएको छ । उक्त प्रतियोगितामा क्लब, संघ– सस्था, विद्यालयहरुले समेत सहभागि हुन पाउनेछन ।

उक्त्त खुल्ला नृत्य प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुनेलाई क्रमस २० हजार र म्युजिक भिडियोमा खेल्ने अबसर, १० हजार र आकर्षक उपहार र ५ हजार र आकर्षक उपहार प्रदान गरिनेछ ।

प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्