१६ माघ,घोराही ।
सरकारले हालै दाङमा औद्योगिक क्षेत्र घोषणा गरेको निर्णयलाई दाङ जिल्ला उद्योग बाणिज्य संघले स्वागत गरेको छ । संघले आज पत्रकार सम्मेलन गर्दै जिल्लाको आर्थिक विकासका लागि सरकारले हालै घोषणा गरेको औद्योगिक क्षेत्र स्थापनालाई स्वागत गर्दै यो अभियानमा लाग्ने सबैलाई धन्याबाद समेत दिएको छ ।
२०७१ साल देखी दाङमा औद्योगिक क्षेत्र घोषणाका लागि थालिएको पहल अहिले सार्थक भएको संघले जनाएको छ । पत्रकार सम्मेलनमा वितरित बिज्ञप्तीमा संघका अध्यक्ष टंकसिंह बुढाथोकी र महासचिब महेन्द्र बुढाथोकीले सरकारको यो निर्णय नै दाङको आर्थिक विकासको आधार स्तम्भको सुरुवात भएको उल्लेख गर्नुभएको छ ।
संघले अब तत्काल आबस्यक प्रकृयाहरुलाई अघि बढाई छिट्टै लक्ष्यमा पुग्ने कामको थालनी गर्न समेत सरकार सँग माग गरेको छ । यही माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घोराही उपमहानगरपालिका वडा नम्बर ३ र ५ को क्षेत्रमा ५ सय ४९ विगाह क्षेत्रफललाई दाङ औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।।