२०८२ बैशाख ९ गते सोमवार

दाङको कोइलाबास नाका खुला गर्ने सरकारको निर्णय



१६ माघ, दाङ । सरकारले भारतसंग जोडिएको दाङको कोइलाबास नाका खुला गर्ने निर्णय गरेको छ । । सरकारले गत चैत्र ११ गतेदेखि नेपलामा लकडाउनको घोषणा गरि नेपाल भारत सिमा क्षेत्र प्रवेशद्धारमा आवतजावत गर्न रोक लगाएको थियो ।
बिहिवार गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाएको हो । यसअघि १४ नाका खोलिएकोमा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय गरेको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन् । खोलिएका नाकाबाट नेपालीले भारतीय बजार पुगी तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न पाउनेछन् ।

प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्