१६ माघ । अमेरिकी वायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले आफ्नो खोपले ८९ प्रतिशत सुरक्षा दिने देखिएको बताएको छ । बेलायतमा १५ हजार मानिसमा गरिएको परीक्षणले आफ्नो खोप ८९ प्रतिशत सुरक्षीत रहेको देखिएको कम्पनीले जनाएको हो । यद्यपी उक्त खोप हालसम्म परीक्षणकै क्रममा छ ।
परीक्षणमा सहभागी एक चौथाईभन्दा धेरै मानिसहरू ६५ वर्ष उमेर माथिका रहेका जनाइएको छ । बेलायतमा अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनिका, फाइजर बायोएनटेक र मोडेर्ना खोपका खोपलाई आपत्कालिन प्रयोगको स्वीकृति दिइएको छ। अक्सफर्ड विश्वविद्यालयले विकास गरेको खोपपछि नोभाभ्याक्स यूकेमा ठूलो मात्रामा परीक्षण गरिएको दोस्रो खोप हो।
बेलायतबाट शुरु भएको मानिएको निकै उच्च संक्रामक मानिएको कोरोनाको नयाँ प्रकार फैलिरहंदा भएको यो परीक्षणलाई निकै महत्वपूर्ण मानिएको छ । यसकारण पनि यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ। नियामकबाट प्रयोगका लागि बाटो खोलिएका हकमा खोपका ती डोजहरू सन् २०२१ को दोस्रो अर्धवार्षिक अवधिमा उपलब्ध हुने अपेक्षा गरिएको छ।