२०८१ फाल्गुन ३ गते शनिवार

नेपाल भष्ट्रचार हुने देशको सूचीमा ६३ औँ स्थानमा



१६ माघ, दाङ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२० मा भष्ट्रचारको अवस्थाबारे अध्ययन गरी तयार पारेको प्रतिवेदनअनुसार नेपाल सबैभन्दा बढी भष्ट्रचार हुने देशको सूचीमा ६३ औँ स्थानमा रहेको छ । नेपाल गत वर्ष ६७ औँ स्थानमा रहेको थियो ।
नेपाललाई एक सय पूर्णाङ्कमा केवल ३३ अंक दिइएको छ । सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा सोमालिया र दक्षिण सुडान रहेका छन् । उनीहरुले सय पुर्णाङ्कमा १२ अंक पाएका छन्। भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल एक सय १७ औँ स्थानमा छ। गत वर्ष नेपाल एक सय १३ औँ स्थानमा रहेको थियो । सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा डेनमार्क र न्यूजिल्यान्ड संयुक्तरुपमा शीर्षस्थानमा छन्। उनीहरुले सय पूर्णाङ्कमा समान ८८ अंक पाएका छन्।
प्रतिवेदन अनुसार अध्ययन गरिएका एक सय ८० मुलुकमध्ये दुई तिहाईभन्दा बढी देशले सय पूर्णाङ्कमा ५० भन्दा कम अंक पाएका छन्। विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्स र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेका सर्वेक्षणका आधारमा प्रतिवेदन तयार भएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्