१६ माघ,काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले करारमा सूचना प्रविधि अधिकृत माग गरेको छ ।
मन्त्रालयको आर्थिक वर्ष ०७७/७८ को गरिब घरपरिवार, पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत सूचना प्रविधि अधिकृत सार्वजनिक खरिद नियमावली, २०६४ को नियम (९५) बमोजिम करारमा जनशक्ति लिन लागेको हो ।
३ जनाको संख्यामा लिइने सूचना प्रविधि अधिकृत पदका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, महिलाको हकमा ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् । त्यस्तै कम्प्युटर आईटी इन्जिनियरिङमा कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । माघ २३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् ।
