१३ पुस,घोराही –
घोराही कारागारबाट कैदी भागेको प्रकरणमा जेलर र सुरक्षा प्रमुख सहित ९ जना पक्राउ परेका छन् । गत बुुधबार कारागारका नाईके यामराम परियार भागेपछि प्रहरीले जेलर र सुरक्षाकर्मी सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जेलर युवराज परियार, कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवल्दार गणेशकुुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, कैदी परियार सँग होटलमा गएका महिलाहरु विपासा चौधरी, समि चौधरी, परियारले बजारमा भेट गरेका सौरभ खनाल, भानुुभक्त पाण्डे र थकाली होटलका सञ्चालक रहेका छन् ।
जेलर सहित पक्राउ परेका प्रहरीहरु निलम्बनमा परेका छन् । उनिहरुलाई थप अनुसन्धानका लागि दाङ जिल्ला अदालतबाट म्याद थप समेत गरेर हिरासतमा राखिएको छ । छालाको उपचारका लागि भन्दै काराबारबाट निस्कीएका प्रहरी जवान धनबहादुर चौधरी र कैदी परियार अस्पताल नगई होटलमा पुुगेका थिए । थकाली होटलमा दुुई जना महिला सहित पुुगेका उनिहरु मध्य परियारले प्रहरी जवान चौधरीलाई कोठामा थुुनेर भागेका हुन् ।
उनको अहिले सम्म कुनै अत्तोपत्तो छैन् । कारागार प्रशासन र सुरक्षा संयन्त्रको चमर लापर्वाहीका कारण कैदी भागेको भन्दै घटनामा संलग्न देखिएका सबैलाई अनुसन्धानको दायरामा ल्याईएको प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुुभयो । यसअघी पक्राउ परेका कारागारका कार्यालय सहयोगी अर्जुन चौधरीलाई भने सम्पर्कमा आउने सर्तमा रिहा गरिएको छ । जेलर युवराज परियार पुस ६ गतेदेखी १३ गते सम्म बिदा बसेको समयमा पनि ८ गते कार्यालय आएर कैदी परियारलाई अस्पताल जान अनुुमती दिएको खुुलेको छ । जस्का कारण प्रहरीले मिलेमतो मै कैदी भगाएको निष्कर्ष सहित अनुसन्धानलाई अघि बढाएको छ ।।